Section 34
परिषद्को काम, कर्तव्य र अधिकार
परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

(क) दीर्घकालीन नीति, योजना तथा कार्यक्रममा वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी विषयलाई एकीकृत रुपमा समावेश गर्दै लैजान मन्त्रालय तथा अन्य निकायलाई आवश्यकता अनुसार निर्देशन दिने

(ख) प्रदूषण नियन्त्रण फोहरमैला व्यवस्थापन र राष्ट्रिय सम्पदा संरक्षणको लागि राष्ट्रिय प्रणालीको विकासको लागि नीति तय गर्ने
(ग) वातावरण संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी कार्यमा प्रदेश तथा स्थानीय तहलाई आवश्यक नीतिगत मार्गदर्शन गर्ने

(घ) वातावरण संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी आर्थिक स्रोतको व्यवस्थापन गर्ने र सोको लागि सहजीकरण गर्ने

(ङ) प्राकृतिक सांस्कृतिक र भौतिक संशाधन एवं सम्पदाको उपयोग व्यवस्थापन विकास तथा संरक्षणको लागि मन्त्रालयलाई मार्गदर्शन गर्ने

(च) वातावरण संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी कार्यको मूल्याङ्कन गर्ने।